नेकपा (एमाले) हेटौडा उपमहानगरपालिका अध्यक्ष पदमा बोलबहादुर कार्की विजयी भए। कुल ३२७ मतमध्ये उनले १७६ मत प्राप्त गरी जीत हासिल गरे, जबकि उनका प्रतिष्पर्धी जेन श्रेष्ठले १३३ मत प्राप्त गरी पराजित भएका छन्।
यसैगरी उपाध्यक्षमा राजकुमार बास्तोला १४३ मत प्राप्त गरी विजय भएका छन् । उनका निकटतम प्रतिष्पर्धी धनबहादुर मुक्तानले ७४ र इन्द्रप्रसाद खतिवडा ६८ मत प्राप्त गरे । यस्तै सचिव पदमा शान्ता गौतम ( प्रदिप ) १९७ मत प्राप्त विजय हुँदा प्रतिष्पर्धी प्रकाश बाँनिया ८७ मत प्राप्त गरे ।
यसैगरी नगर कमिटि उप सचिवमा शान्ता कुमार तामाङ ७४ मतका साथ विजय हुँदा उक्त पदका उम्मेदवार सुरेश मिजारले ६७ मत, कवि रेग्मीले ४१ मत, शिवबहादुर थापाले ३९ मत, भिमप्रसाद तिमल्सिनाले ३४ मत र अर्जुन प्रसाद अर्यालले ३१ मत प्राप्त गरेका छन् । यस्तै महिला उप सचिव पदमा चन्द्रावती पनेरु अधिकारी १४६ मत प्राप्त गरी विजय भएका छन् । उनका निकटतम प्रतिष्पर्धी रन्जिता सिलवालले ७९ मत प्राप्त गरिन् भने अर्का उम्मेदवार जुना दंगालले ६९ मत प्राप्त गरेकी छिन् ।
मंसिर २९ गतेदेखि भएको एमाले हेटौंडाको नगर अधिवेशनमा नेतृत्व चयनका लागि मतदान भएको हाे । सोमबारकाे मतदानले २१ सदस्यीय हेटौंडा उपमहानगर कमिटी चयन गर्नेछ । नगरका ३३४ प्रतिनिधि मध्ये ३२७ जनाले मतदान गरे । ७ जना प्रतिनिधिले मतदानमा सभागिता जनाएनन् ।अध्यक्ष पदमा २ सहित पदाधीकारीमा १६ जनाकाे उम्मेदावरी कायम भएकाे थियाे ।
नगर अध्यक्ष पदमा उम्मेदवारी दिएका इन्द्र नेपाल र नवराज खतिवडाले उम्मेदवारी फिर्ता लिए पछि कार्की र श्रेष्ठले प्रतिष्पर्धा भएकाे थियाे । अधिवेशनले पदाधिकारीमा विजयी ५ सहित ८१ सदस्यीय कमिटिकाे चयन गरेकाे छ । पदाधिकारी ५ पदमा मात्रै निर्वाचन भएकाे हाे । अन्य पदमा भने सर्वसम्मत निर्वाचित भएका छन् ।







