मकवानपुरमा गाँजा र अफिम खेती नष्ट
मकवानपुर प्रहरीले जिल्लाका चार पालिकामा अवैध रूपमा लगाइएको गाँजा र अफिम खेती नष्ट गरेको छ। मंसिर ७ गतेदेखि शनिबारसम्म चलाइएको विशेष अभियानमा कैलाश गाउँपालिका, राक्सिराङ गाउँपालिका, थाहा नगरपालिका र बाग्मती गाउँपालिकामा रहेका लागूऔषध खेती फँडानी गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
Advertisement
प्रहरीका अनुसार अवैध रूपमा खेती गरिएका र प्राकृतिक रूपमा उम्रेका ७५ बिघा ७ कठ्ठा गाँजा खेती र १२ बिघा ३ कठ्ठा अफिम खेती नष्ट गरिएको छ। फँडानी गर्न बाँकी रहेका अन्य स्थानमा पनि क्रमशः अभियान सञ्चालन गरिने प्रहरीले जनाएको छ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








