उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले शनिबार मकवानपुरको मनहरी गाउँपालिकाको प्रशासकीय भवनको शिलान्यास गरेका छन्। रजैयामा आयोजित कार्यक्रममा मन्त्री सिंहले निर्माण कम्पनीलाई तोकिएको समयमै काम सम्पन्न गर्न निर्देशन दिएका छन्।
उनले नयाँ प्रशासकीय भवनबाट जनताले स्थानीय सरकारको प्रत्यक्ष अनुभूति गर्ने गरी काम गर्नुपर्नेमा जोड दिए। गाउँपालिकाले काठमाडौँको तामाकोशी ढाँचा निर्माण सेवा जेभीसँग ८ करोड २८ लाख रुपैयाँमा २०८२ चैत ३० गतेसम्म निर्माण कार्य सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको छ।
Advertisement
गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मिनकृष्ण महर्जन, नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँलगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिको उपस्थिति थियो।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस







