हेटौंडामा भारतीय नम्बर प्लेटको कारको ठक्करबाट स्कुटर चालकको ज्यान गएको छ।
सोमबार साँझ त्रिभुवन राजपथ अन्तर्गत हेटौंडा १ तिरतिरे धारा नजिकै सामरी पुल तर्फबाट हेटौडा बजार तर्फ आउदै गरेको बागमती प्रदेश ०३-००२प ७२६७ नम्बरको स्कुटरलाई हेटौडाबाट काठमाण्डौ जादै गरेको बि आर ०५ बि ए ०००६ नम्बरको भारतीय नम्बर प्लेटको कारले ठक्कर दिँदा स्कुटर चालक हेटौडा १ चौकीटोल बस्ने अन्दाजी वर्ष ३०/३५ वर्षीय युवराज लामा ज्यान गएको हो। कारको ठक्करबाट गम्भीर घाइते लामोको उपचारको क्रममा हेटौंडा अस्पतालमा ज्यान गएको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक ठाकुर प्रसाद सापकोटाले जानकारी दिएका छन् ।
त्यसैगरी सोही दुर्घटनामा स्कुटरमा पछाडि सवार सोही ठाउँमा बस्ने अन्दाजी २५ वर्षीया बबिता लामा घाइते रहेको र उनको हेटौंडा अस्पतालमा उपचार भइरहेको जनाइएको छ। शरिरको विभिन्न भागमा चोट रहेको घाइते लामको स्वास्थ्य अवस्था मध्यम रहेको जनाइएको छ।ठक्कर दिने कार तथा चालकलाई मकवानपुर प्रहरीले नियन्त्रण लिइएको छ।








