भिमफेदी-कुलेखानी-काठमाण्डौ सडक खण्डमा एक बोलेरो दुर्घटना हुँदा सात जना घाइते भएका छन्। बिरगञ्जबाट काठमाण्डौतर्फ जाँदै गरेको बा १ ज ६४०६ नम्बरको सुमोले एक कारलाई ओभरटेक गर्ने क्रममा सडकबाट १२ फिट तल खस्दा दुर्घटना भएको हो।
प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार सवारीमा रहेका १० जना यात्रीमध्ये सात जना घाइते भएका छन्। घाइतेहरूलाई थप उपचारका लागि काठमाण्डौस्थित ट्रमा सेन्टर पठाइएको छ।
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








