मनहरी गाउँपालिका-५ बसन्तपुरमा बाघको आक्रमणबाट सात वटा बाख्राको मृत्यु भएको छ। सुर्य बहादुर मोक्तानको घर नजिकैको बाख्रा खोरमा आज बिहान ५ बजेतिर बाघले आक्रमण गरेको हो।
बाघले सात वटा बाख्रा मारेकोमध्ये एउटा बाख्रा जंगलतर्फ लगेको जानकारी वडाध्यक्षले दिएका छन्। घटनाबारे बिहान साढे ९ बजे प्रहरी कार्यालयलाई जानकारी गराइएको थियो।
Advertisement
घटनापछि प्रहरी नायब निरीक्षक दिलिप पासवानको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको छ। बाघलाई नियन्त्रणमा लिन पर्सा वन्यजन्तु आरक्षणबाट दुई वटा हात्ती र नेपाली सेनाका मेजर ढलक बहादुर मोक्तानको टोली परिचालन गरिएको छ। साथै चितवन राष्ट्रिय निकुञ्जबाट समेत टोली खटिएको छ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








