राक्सिराङ गाउँपालिका-५ चैनपुरमा सोमबारदेखि हाट बजार सुरु भएको छ। बागमती प्रदेशका सहकारी तथा गरिबी निवारण मन्त्री मधुकुमार श्रेष्ठले हाट बजारको उद्घाटन गर्नुभएको छ।
गाउँपालिकाले हरेक महिनाको १ र १५ गते हाट बजार सञ्चालन गर्ने छ। हाट बजारमा स्थानीय कृषि उपजहरू जस्तै मास, गहत, रायोको साग, मुला, सुन्तला, च्याउ र केरा बिक्रीका लागि राखिएका छन्। साथै जंगली कन्दमूल र बाँसका सामग्रीहरू पनि बिक्रीमा छन्।
Advertisement
कार्यक्रममा मन्त्री श्रेष्ठले सीमान्तकृत र जनजाति समुदायलाई मूलधारमा ल्याउने सरकारको प्रतिबद्धता व्यक्त गरेका छन् । राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय कलाकारहरूले चेपाङ, तामाङ तथा अन्य समुदायका सांस्कृतिक प्रस्तुति रहेको थियो।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस




