हेटौंडा उपमहानगरपालिका-४ स्थित नारायणी मल नजिकै सडकमा हिँडिरहेका दुई महिलालाई प्रहरीले १० किलो २७० ग्राम लागुऔषध गाँजासहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलाश गाउँपालिका-५ भैरङकी ३० वर्षीया अंजली गोले र हेटौंडा उपमहानगरपालिका-३ बसामाडीकी ५१ वर्षीया ज्ञानुमाया गोले रहेका छन् ।

Advertisement
माघ १८ गते बिहान करिब ६ बजे जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको गस्ती टोलीले शंकास्पद देखिएका उनीहरूको खानतलासी गर्दा झोलाभित्र लुकाइछिपाइ ल्याएको अवस्थामा गाँजा फेला परेको हो । प्रहरीले दुवै महिलालाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस







