मकवानपुरको भिमफेदी गाउँपालिका-१ बाघझोरास्थित हेटौंडा-भैसे सडकखण्डमा सवारी दुर्घटना न्यूनीकरणका लागि गरिएको चेकजाँचमा दुई जना सवारी चालक कारबाहीमा परेका छन्।
जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको संयुक्त टोलीले माघ २१ गते बिहान ११:३० देखि बेलुकी ४:०० बजेसम्म गरेको चेकजाँचमा एक जना सुमो चालक लागु पदार्थ सेवन(लापसे) पोजेटिभ र अर्का एक जना सुमो चालक मादक पदार्थ सेवन(मापसे) गरेको अवस्थामा फेला परेका हुन्।
Advertisement

जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरको प्राविधिक सहयोगमा भएको उक्त चेकजाँचमा प्रहरी नायब उपरीक्षक श्यामु अर्याल र प्रहरी निरीक्षक केशव अधिकारीको कमाण्डमा खटिएको टोलीले ५२ वटा सवारी साधनका चालकहरूको परीक्षण गरेको थियो।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








