मकवानपुरको भिमफेदी गाउँपालिका-१ बाघझोरास्थित हेटौंडा-भैसे सडकखण्डमा सवारी दुर्घटना न्यूनीकरणका लागि गरिएको चेकजाँचमा दुई जना सवारी चालक कारबाहीमा परेका छन्।
जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको संयुक्त टोलीले माघ २१ गते बिहान ११:३० देखि बेलुकी ४:०० बजेसम्म गरेको चेकजाँचमा एक जना सुमो चालक लागु पदार्थ सेवन(लापसे) पोजेटिभ र अर्का एक जना सुमो चालक मादक पदार्थ सेवन(मापसे) गरेको अवस्थामा फेला परेका हुन्।
Advertisement
जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरको प्राविधिक सहयोगमा भएको उक्त चेकजाँचमा प्रहरी नायब उपरीक्षक श्यामु अर्याल र प्रहरी निरीक्षक केशव अधिकारीको कमाण्डमा खटिएको टोलीले ५२ वटा सवारी साधनका चालकहरूको परीक्षण गरेको थियो।
मापसेमा परेका दुवै चालकलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुर पठाइएको छ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस