मकवानपुर संघीय निर्वाचन क्षेत्र नंं २ बाट निर्वाचित साँसद महेश वर्तौलाले मध्यवर्तीको नाममा लगातारको असहयोग सह्य नहुने वताउनु भएको छ । नेपाल सरकारले घोषणा गरेको मयुरधाप औधोगिक क्षेत्रको वनलाई मन्त्रालयको कर्मचारीबाट केहि दिन अगाडी असहयोग हुने गरी पत्राचार भएको थियो ।
वर्तौलाले लेखेका छन्ः “२०७२ चैत्र ०१ गते नेपाल सरकार मन्त्रिपरिषदको निर्णय बमोजिम घोषणा भएको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १४ स्थित मयुरधाप औधोगिक क्षेत्र वन मन्त्रालय कै असहयोग का कारण हालसम्म समेत सन्चालनमा आउन सकेको छैन ।
अहिले मयुरधाप औधोगिक क्षेत्र संचालनमा ल्याउने र नयाँ नयाँ उद्योग कलखारखाना स्थापना गरि रोजगारी का अवसरहरु सिर्जनाको वातावरण बनाउन क्रियासिल रहेकै वेला मध्यवर्ती क्षेत्रमा परेको भन्दै मयुरधाप औद्योगिक क्षेत्र संचालन प्रक्रिया अगाडि बढाउन अवरोध हुने गरि वन मन्त्रालय बाट यो पत्र प्रेषित हुनु दःखद छ ।
वन मन्त्रालयका उच्च पदस्थ कर्मचारीहरुबाट मन्त्रालयकै राजनितिक नेतृत्व मन्त्रिलाई समेत जानकारी नदिइ यसरी पटक पटक असहयोग हुनु राम्रो होइन । जनस्तरबाट समेत यसबारेमा बलियो खवरदारी अपरिहार्य रहेको छ ।”







