मकवानपुर उद्योग वाणिज्य संघको आसन्न ५८औं वार्षिक साधारणसभा तथा निर्वाचनमा अध्यक्षका उम्मेदवार अनिल अग्रवालले १८ बुँदे घोषणापत्रसहित आफ्नो टिम सार्वजनिक गरेका छन्।
सोमबार साँझ आयोजित व्यवसायीहरूको भेलामा अग्रवालले संघको मूलभूत उद्देश्यअनुरूप व्यवसायीको हकहित संरक्षण, स्थानीय उत्पादन प्रवर्द्धन, संस्थागत विकास र आर्थिक मन्दीको प्रभाव न्यूनीकरणमा जोड दिने प्रतिबद्धता जनाए।
घोषणापत्रमा साना व्यवसायीका समस्या समाधान, कर तथा राजस्व प्रणाली सुधार, बैंक तथा वित्तीय संस्थाहरूसँगको सहकार्य, एकीकृत सेवा केन्द्र स्थापना, यातायात व्यवस्थापन सुधार, स्थानीय उत्पादनको अन्तर्राष्ट्रियकरण र पर्यटन विकास लगायतका विषय समेटिएका छन्।
कार्यक्रममा गायक बद्री पंगेनीले सांगीतिक प्रस्तुति दिएका थिए भने संघका पूर्व अध्यक्षहरू राजकुमार न्यौपाने, भुवनलाल श्रेष्ठ, भगिरथी शर्मा लगायतको उपस्थिति रहेको थियो।
यसपटक प्रत्यक्ष निर्वाचन प्रणालीअनुसार हुन लागेको निर्वाचनमा २ हजार ९७ मतदाता रहेका छन्।
अग्रवाल नेतृत्वको प्यानलबाट यी उम्मेदवारहरूले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
अध्यक्षः अनिल अग्रवाल
महासचिवः विकेशलाल श्रेष्ठ
कोषाध्यक्षः तेजराज अधिकारी
सह-कोषाध्यक्षः राधिका सामरी पाण्डे
वाणिज्यतर्फ
उपाध्यक्षः राजु अधिकारी
सचिवः दिवस पराजुली
सदस्यहरुः रविन ढकाल, विष्णुप्रसाद दाहाल, बालकृष्ण बजगाई, यज्ञ बहादुर राई र महिला आरक्षणमा निलम पाण्डे
एशोसियटतर्फ
उपाध्यक्षः विष्णु खनाल
उद्योगतर्फ
उपाध्यक्षः रवीन्द्र प्रसाद घिमिरे
सदस्यहरुः कृष्णगोपाल महर्जन, दीपक शिवाकोटी, गंगाकुमारी श्रेष्ठ, महिला आरक्षणमा मेनका श्रेष्ठ
वस्तुगततर्फ
उपाध्यक्षः काव्यमणि अधिकारी
सचिवः नेत्रप्रसाद खतिवडा
सदस्यः शम्भु पुडासैनी रहेका छन्







