बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री अमन मास्केले मकवानपुरको भिमफेदी गाउँपालिका-६ स्थित माण्डु खोला पुलको आज औपचारिक उद्घाटन गर्नुभएको छ।
बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत निर्माण भएको यो पुलले स्थानीय यातायात सेवालाई सहज बनाउने अपेक्षा गरिएको मन्त्री मास्केले बताउनुभयो।
Advertisement
यातायात पूर्वाधार निर्देशनालय अन्तर्गत निर्माण गरिएको उक्त पुलको उद्घाटन कार्यक्रममा भिमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव लगायत स्थानीय बासिन्दाहरूको उपस्थिति रहेको थियो।
प्रदेश यातायात पूर्वाधार निर्देशनालयको १२ करोड ३० लाख ३९ हजार रुपैयाँमा उक्त पुल निर्माण भएको हो । ५६.६ मिटर लम्बाईको उक्त पुल २२ असार ०८० मा सम्झौता भइ २१ असोज ०८१ मा निर्माण सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस







