मकवानपुरको हेटौंडा- १० स्थित एक होटलमा राक्सिराङका एक युवक मृत अवस्थामा फेला परेको छन्।
बिहीबार बिहान हेटौडा १० स्थित बसपार्कमा श्याम सुन्दर तिवारीले संचालन गरेको चण्डिका होटलमा राक्सिराङ- ४ बस्ने बर्ष अन्दाजी २८ को सरोज शाह मृत अवस्थामा फेला परेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जनाएका छन् ।उनी बुधबार सोही होटलमा कोठा नम्बर २०१ मा बसेका थिए।
Advertisement
बिहान अबेर सम्म ढोका नखोलेकोपछि प्रहरीले जनप्रतिनिधिको रोहबरमा ढोका खेलेर हेर्दा मृत अवस्थामा फेला पारेको प्रवक्ता अर्यालले जानकारी दिएका छन्।
घटनाको आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस