राक्सिराङ्ग गाउँपालिकामा सम्पन्न १७ औं हिउँदे अधिवेशनमा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले विभिन्न विकास योजनाको घोषणा गरेका छन्।
चैनपुरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री लामाले चेपाङ समुदायको विकास र उत्थानका लागि संरक्षित क्षेत्र घोषणा गरी विशेष कार्यक्रम ल्याउने बताए।
मुख्यमन्त्री लामाले राक्सिराङ्गलाई कृषिमा आत्मनिर्भर बनाउने र त्यहाँ उत्पादन हुने गाँजा खेतीलाई वैधानिकता दिन संघीय सरकारसँग पहल गर्ने प्रतिबद्धता जनाए। उनले राक्सिराङ हुँदै धादिङको आदिमघाट जोड्ने सडकलाई बहुवर्षीय योजनामा समावेश गर्ने र पक्की पुल निर्माणका लागि बजेट व्यवस्थापन गर्ने बताए।
कार्यक्रमका विशिष्ट अतिथि प्रतिनिधिसभा सदस्य महेश बर्तौलाले स्थानीय तह र संघीय तथा प्रदेश सांसदबीच समन्वय बढाउनुपर्ने आवश्यकता औंल्याए। उनले मनहरी-खैराङ-मलेखु सडक निर्माणमा प्रदेश सरकारको विशेष पहल आवश्यक रहेको बताउँदै यसअघिको सरकारले गरेका प्रतिबद्धताहरू कागजमै सीमित रहेको टिप्पणी गरे।


गाउँसभा कार्यक्रममा उत्कृष्ट कर्मचारी, उत्कृष्ट विद्यालय, पत्रकार लगायत लाई सम्मान गरिएको थियो।
रक्सिराङ गाउँपालिकाका प्रमुख प्रशासकीय देवचन्द्र गर्तौलाले कार्यक्रम सहजीकरण गरेका थियो भने राजकुमार मल्लको अध्यक्षतामा भएको थियो उक्त कार्यक्रममा अतिथिहरू जिल्ला समन्वय समितिका प्रमुख ललित घलान, जिल्ला प्रशासन कार्यालयका प्रमुख ,जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख पूर्व सांसद मन्त्रीहरू लगायतको उपस्थितिमा सम्पन्न भएको छ।







