हेटौंडा/मकवानपुर उद्योग वाणिज्य संघको ५८औं अधिवेशन अन्तर्गत भएको निर्वाचनमा एसोसियट तर्फको उपाध्यक्षमा उज्वल चौलागाईं विजयी भएका छन्। चौलागाईंले ४८ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी विष्णु खनालले ३३ मत पाए।
एसोसियट तर्फको सदस्यमा नवराज खतिवडा र अंकिता सुमार्गी विजयी भएका छन्। अध्यक्षका लागि अनिल अग्रवाल र प्रमोद सिंह रानाभाट बीच कडा प्रतिस्पर्धा भएको छ।
Advertisement
कुल २,०६६ मतदातामध्ये १,८१६ जनाले मतदान गरेका छन्। जसमा बस्तुगततर्फ २६, एसोसियट तर्फ ८१, उद्योगतर्फ ५५५ र बाणिज्यतर्फ १,१५४ मत खसेको छ।
साँझ ८ बजेबाट सुरु भएको मतगणनामा केही पदाधिकारीहरू निर्विरोध निर्वाचित भएका छन् भने अन्य पदका लागि मतगणना जारी रहेको छ। विजयी उपाध्यक्ष चौलागाईंले आगामी कार्यकालमा संघको विकास र व्यवसायिक वातावरण सुधारमा विशेष ध्यान दिने बताए।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस