मकवानपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष प्रमोद सिंह रानाभाट सहित २८ जना पदाधिकारीहरूले सोमबार पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्। निर्वाचन अधिकृत ईश्वरराज ढकालले पदाधिकारीहरूलाई सपथ गराएका हुन्।
पुस २४ देखि २७ गतेसम्म हेटौंडामा सम्पन्न संघको ५८ औं अधिवेशनमा भएको निर्वाचनमा रानाभाटले १,०१४ मत प्राप्त गरी विजयी भएका थिए। उनका प्रतिस्पर्धी अनिल अग्रवालले ७६५ मत प्राप्त गरेका थिए।
निर्वाचनबाट उपाध्यक्षहरूमा एसोसिएटतर्फ उज्ज्वल चौलागाईं, वाणिज्यतर्फ राजु अधिकारी, उद्योगतर्फ दीपक उप्रेती र वस्तुगततर्फ काव्यमणि अधिकारी निर्वाचित भएका छन्। त्यसैगरी, सचिवहरूमा एसोसिएटतर्फ माधव ज्ञवाली, वाणिज्यतर्फ कुलप्रसाद चौलागाईं र उद्योगतर्फ रुपकराज दहाल तथा कोषाध्यक्षमा तेजराज अधिकारी निर्वाचित भएका छन्।
कार्यसमितिका सदस्यहरूमा निलम कुमारी पाण्डे, अंकिता सुमार्गी, सीता देवी भेटवाल, भुपेन्द्र अधिकारी, नवराज खतिवडा, निलम बजगाई, विक्रम कुमार सन्जेल, शंकर प्रसाद कालाखेती, सुकुतराज पराजुली, सन्तोष घिमिरे, बालकृष्ण बजगाई, राजेन्द्र लामिछाने, विष्णुप्रसाद दाहाल, जगदीश दहाल, कृष्ण गोपाल महर्जन र भूपेन्द्र प्रसाद अधिकारी निर्वाचित भएका छन्।