हेटौंडा – नेकपा एमाले निकट राष्ट्रिय युवा संघ मकवानपुरले कृत्रिम बौद्धिकता (एआई) को दुरुपयोगले समाजमा पारेको नकारात्मक प्रभावप्रति ध्यानाकर्षण गराएको छ।
विहिबार जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख तिर्थराज चिलुवाललाई युवा संघका अध्यक्ष राजेश नगरकोटीको नेतृत्वमा गएको टोलीले ध्यानाकर्षण पत्र बुझाएको हो।
Advertisement
ध्यानाकर्षण पत्रमा सामाजिक सञ्जालमा एआईको प्रयोग गरी व्यक्तिको चरित्र हत्या गर्ने, भ्रामक समाचार फैलाउने र व्यक्तिको प्रतिष्ठामा आँच पुर्याउने खालका नकारात्मक गतिविधिलाई तत्काल रोक्न माग गरिएको छ।
ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी चिलुवालले उठाइएका विषयवस्तुहरू संवेदनशील रहेको भन्दै यसप्रति सकारात्मक भएर अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस