हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले हेटौंडा उपमहानगरपालिकामा खानेपानी वितरण सुधार योजनाबारे सरोकारवालासँग अन्तरक्रिया गरेको छ। शुक्रबार आयोजित कार्यक्रममा बोर्डका अध्यक्ष प्रताप बिष्टले वर्तमान अवस्था र भावी योजनाका बारेमा जानकारी गराएका छन्।

Advertisement
बोर्डले दैनिक ३ करोड ७० लाख लिटर खानेपानी उत्पादन गरी २८ हजार धाराबाट ८-९ घण्टा पानी वितरण गर्दै आएको छ। बोर्डले १५ वटा डीप ट्यूवेल निर्माण गरेको र संघीय सरकार र उपमहानगरपालिकासँग सहकार्यमा १५ करोडको लगानीमा पानी टंकी र पाइप लाइन विस्तार कार्य सम्पन्न गरेको छ।
हाल १ लाख ६५ हजार नगरबासीलाई खानेपानी वितरण गरिएको छ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस







