हेटौडा/ प्रेस चौतारी नेपाल बागमती प्रदेशको दोस्रो अधिवेशन आगामी फागुन ७ गते चितवनमा हुने भएको छ। बागमती प्रदेश कमिटीका अध्यक्ष राधेश्याम खतिवडाका अनुसार अधिवेशनलाई सफल बनाउन विभिन्न समिति गठन गरी तयारी तीव्र पारिएको छ।
Advertisement
अधिवेशनमा बागमती प्रदेशका १० जिल्लाबाट प्रतिनिधिहरू सहभागी हुनेछन्। कार्यक्रममा प्रेस चौतारी बागमती पुरस्कार चारजनालाई प्रदान गरिनुका साथै उत्कृष्ट शाखालाई सम्मान गरिनेछ। यस अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ।
अधिवेशनको तयारीका लागि माघ ५ गते चितवनमा बसेको पूर्ण बैठकले अध्यक्ष राधेश्याम खतिवडाको संयोजकत्वमा कार्यसमिति तथा १० जिल्लाका अध्यक्ष रहने मूल समिति गठन गरेको छ। महासचिव प्रकाश दाहालका अनुसार आर्थिक व्यवस्थापन, अतिथि सत्कार, प्रचार प्रसार लगायतका विभिन्न उपसमितिहरू गठन गरिएका छन्।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस







