हेटौंडा, माघ १७ – बागमती प्रदेश सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठले सोनाम ल्होसारको पावन अवसरमा हेटौंडा–९ स्थित मानव सेवा आश्रमका आश्रित बृद्ध आमाबुबालाई भोजन सहयोग गरेका छन्।
मानव सेवा आश्रममा आश्रित २५० जनाका लागि आवश्यक खाद्यान्न सहयोग प्रदान गरेका छन्।
Advertisement
बुधबार आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले आश्रमका वृद्धवृद्धालाई आफ्नै हातले खाना खुवाउनुका साथै आश्रम परिसरमा सञ्चालन भइरहेको अर्गानिक तरकारी खेतीको अवलोकन गरेका थिए।
यस अवसरमा,मन्त्री श्रेष्ठले समाजसेवाका यस्ता कार्यहरूले मानवताकाे प्रवर्द्धन गर्ने उल्लेख गर्दै, “आश्रित बृद्धवृद्धाको सेवा गर्नु सबैको दायित्व हो” भन्ने धारणा व्यक्त गरेका छन्।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस