हेटौंडा उपमहानगरपालिकाले फागुन १ गते बालमैत्री नगर घोषणा गर्ने अभियानअन्तर्गत हेटौंडा-१५ लाई आज (मंगलबार)१८औं बालमैत्री वडा घोषणा गरिएको छ।
Advertisement
घोषणा कार्यक्रममा नगर प्रमुख मीनाकुमारी लामा प्रमुख अतिथि विशिष्ट अतिथि उपप्रमुख राजेश बानियाँ र वडा अध्यक्ष सुनिल मोक्तानको सभाध्यक्षमा भएको थियो।
१९ वटा वडा रहेको हेटौंडा उपमहानगरपालिकाका सबै वडालाई बालमैत्री घोषणा गर्ने लक्ष्यअनुसार अब अन्तिम वडा १४ नम्बरलाई फागुन २५ गते बालमैत्री वडा घोषणा गरिनेछ। यससँगै हेटौंडा उपमहानगरपालिका फागुन १ गते बालमैत्री नगरको रूपमा औपचारिक रूपमा घोषणा गरिनेछ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस