हेटौंडा— रेडियो मकवानपुरको १५औं वार्षिकोत्सव तथा सञ्चालक संस्था दिव्यतारा सहकारीको २७औं स्थापना दिवसका अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रमको समापन गरिएको छ।
समारोहमा मकवानपुरका एकमात्र सगरमाथा आरोही विक्रम कार्की (बकैया-४) र अमर मावि, हेटौंडा-१ की प्रधानाध्यापक मालती उप्रेतीलाई जनही नगद १० हजारसहित ‘सामुदायिक सम्मान २०८१’ प्रदान गरिएको छ। त्यस्तै, रेडियो मकवानपुरका उत्कृष्ट कर्मचारीका रूपमा एनिस लुइँटेललाई नगद ७ हजारसहित सम्मान गरिएको छ। साथै, मकवानपुर उद्योग वाणिज्य संघको नवनिर्वाचित टिमलाई खादा लगाएर सम्मान प्रदान गर्दै सफल कार्यकालका लागि शुभकामना व्यक्त गरिएको थियो।
वागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले संचारमाध्यमहरू पूर्वाग्रहविना यथार्थपरक सामग्री प्रकाशन र प्रसारण गर्नुपर्नेमा जोड दिए। उनले लोकतन्त्र स्थापनामा संचारमाध्यमको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै संचारसंस्था प्रजातन्त्रको अमूल्य सम्पत्ति भएको धारणा व्यक्त गरे।
रेडियो सञ्चालक समितिका अध्यक्ष आनन्दराम पराजुलीको अध्यक्षतामा तथा मुख्यमन्त्री लामाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रदेशसभा सदस्य लक्ष्मीदेवि श्रेष्ठ, जिल्ला समन्वय समितिका संयोजक ललित घलान, प्रमुख जिल्ला अधिकारी तिर्थराज चिलुवाल, जिल्ला प्रहरी प्रमुख विश्वराज खड्का, दिव्यतारा सहकारीका अध्यक्ष डा. गणेश वल लामा, नेपाली कांग्रेस मकवानपुरका पूर्व सभापति रघुरमण न्यौपाने, विभिन्न वडाका वडाध्यक्ष, संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधि, र पत्रकार महासंघ वागमती प्रदेशका अध्यक्ष कृष्ण शारु लगायतको उपस्थिति थियो।
कार्यक्रमको सहजीकरण रेडियो मकवानपुरका स्टेसन म्यानेजर गणेशदर्पण अधिकारीले गरेका थिए।