बागमती प्रदेश सरकारले पशुपंक्षीलाई पीपीआर रोगविरुद्ध प्रतिरोधी बनाउन सप्ताहव्यापी खोप कार्यक्रम सुरु गरेको छ।
हेटौंडा–८ कमानेमा आयोजित कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव विनोद भट्टराईले खोपको प्रभावकारिताबारे जानकारी गराउँदै यसले पशुपंक्षीलाई महामारीविरुद्ध प्रतिरोधी बनाउन तथा कृषकहरूको आयआर्जन बढाउन मद्दत गर्ने बताए।
Advertisement
पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका निर्देशक डा. गौरीमान श्रेष्ठ तथा वडाध्यक्ष राम थापा पनि कार्यक्रममा सहभागी थिए। वडाध्यक्ष थापाले स्थानीय पशुपालकहरूको हितका लागि कार्यक्रम महत्वपूर्ण हुने बताउँदै खुसी व्यक्त गरे।

यस अभियानले पशुपालन व्यवसायलाई थप सुरक्षित बनाउँदै किसानहरूको आर्थिक सुधारमा टेवा पुग्ने विश्वास गरिएको छ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस







