हेटौंडा/ मकवानपुरको हेटौंडा उपमहानगरपालिका–९, रसल बोर्डिङ स्कुल नजिक मंगलबार बिहान ११ बजे अटो दुर्घटना भएको हो
। पदमपोखरीबाट गुम्बा चोकतर्फ गइरहेको ना २ ह २३६८ नम्बरको अटोमा जंगलबाट आएको चित्तल ठोक्किँदा अटो पल्टिएर दुर्घटना भएको हो।
Advertisement
इलाका प्रहरी कार्यालय पशुपतिनगरका अनुसार, दुर्घटनामा अटो चालक ४२ वर्षीय नर बी. तामाङ को दाहिने हात र खुट्टामा मध्यम चोट लागेको छ। अटोमा सवार अन्य ४ जना सामान्य घाइते भएका छन्।
घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल हेटौंडा पठाइएको छ। दुर्घटनापछि चित्तल पुनः जंगलतर्फ भागेको प्रहरीले जनाएको छ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








