निर्माण व्यवसायी संघ मकवानपुरको आयोजनामा भएको हेटौँडा आइडलमा भएको ३५ जना प्रतिस्पर्धामा सहभागी भएका छन् ।
शनिबार हेटौँडामा भएको अडिसनमा प्रतियोगीले गायन प्रस्तुति गरेका थिए ।
संघको आयोजनामा हेटौँडामा यही फागुन ६ गतेदेखि १८ गतेसम्म हेटौँडा १० स्थित टिसिएन चौरमा हुने दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव २०८१ को अवसरमा हेटौँडा आइडल आयोजना गरिएको हो । हेटौँडा आइडलको दोस्रो संस्करणको पहिलो चरणमा छनोटमा परेका १५ जना नवप्रतिभाले फागुन ७ गतेबाट स्टेज प्रस्तुति गर्ने गरी कार्यक्रम तय गरिएको छ ।
हेटौँडा आइडल २०८१ व्यवस्थापन उपसमितिका संयोजक टाकाराज थापाले हेटौँडा आइडलको ग्राण्ड फिनाली फागुन १७ गते हुनेभएको छ ।
आयोजक निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष बाल गोपाल कंडेलले हेटौँडा आईडललाई ५१ , फष्ट रनरअपलाई २५ र सेकेण्ड रनरअपलाई १५ तथा दुई जना रनर अपलाई जनही पाँच हजार रुपियाँसहित पुरस्कृत गरिनेछ ।
गायकहरु कृष्णगोपाल महर्जन, सुनिता बुर्लाकोटी र ईश्वर खड्का हेटौँडा आइडलको निर्णायक रहनुभएको छ ।







