मकवानपुर – इलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुरबाट खटिएको प्रहरी टोलीले लागूऔषधसहित एकजनालाई पक्राउ गरेको छ।
सोमबार दिउँसो करिब १२:३० बजे हेटौंडा उपमहानगरपालिका–१९ सालकपार्क क्षेत्रमा गस्ती गर्ने क्रममा शंकास्पद रुपमा झोला बोकेर हिँडिरहेका हेटौंडा–११ बस्ने १९ वर्षीय दिपु नेपालीलाई पक्राउ गरिएको हो।
Advertisement
प्रहरीले खानतलासी गर्दा उनको झोलाभित्र लुकाइ राखिएको लागूऔषध ONEREX 100 ML का ५ बोतल र नाईट्राजेपाम ३० ट्याब्लेट बरामद भएको छ। पक्राउ परेका नेपालीलाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








