हेटौंडा/ हेटौंडा औद्योगिक क्षेत्रमा रहेको एन्टारटिक बिस्कुट उद्योगले गैरकानुनी रूपमा निष्कासन गरेका कर्मचारीहरूलाई पुनर्बहाली गर्ने भएको छ।
Advertisement
बिहीबार श्रम कार्यालय, हेटौंडामा उद्योग व्यवस्थापन र श्रमिक प्रतिनिधिहरूबीच भएको वार्तापछि उद्योगले निष्कासनमा परेका ९६ जना श्रमिकलाई पुनर्बहाली गर्ने सहमति भएको छ। साथै, उद्योगले थप ६ जनालाई नियमित रोजगारी दिने गरी कुल १०२ जनालाई पुनः काममा फर्काउने निर्णय गरिएको समग्र उद्योग ट्रेड युनियन नेपाल, मकवानपुरका अध्यक्ष केशव प्रसाद अधिकारीले जानकारी दिए।
उनका अनुसार, वार्ताका क्रममा परीक्षण अवधि सकिएका श्रमिकहरूलाई श्रम ऐनअनुसार स्थायी नियुक्ति दिने सहमति पनि गरिएको छ। उद्योगले कुनै कारण नदेखाई गैरकानुनी रूपमा कर्मचारीहरूलाई निष्कासन गरेको विरोधमा श्रमिकहरू गत १ गतेदेखि आन्दोलनमा थिए।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस







