हेटौंडा/राप्तीरोडस्थित नेपाल टेलिकम अगाडि पूर्व–पश्चिम राजमार्गमा शुक्रबार बिहान घाइते अवस्थामा मृग फेला परेको छ।
बिहान करिब ६ बजे फेला परेको उक्त मृगलाई उद्धार गरी उपचारका लागि पशु सेवा कार्यालय, हेटौंडा लगिएको मकवानपुर प्रहरीका प्रवक्ता श्यामु अर्यालले जानकारी दिए।
Advertisement
हाल मृगको पशु सेवा कार्यालयमा उपचार भइरहेको छ भने डिभिजन वन कार्यालय, मकवानपुरलाई यसको जिम्मा दिइएको प्रहरीको भनाइ छ। मृग कसरी घाइते भयो भन्ने विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस







