मकवानपुर – मकवानपुर जिल्लाको मनहरी गाउँपालिका–६ खयरघारी मरुङगे तालस्थित ब्रम्हदेबी लामिदमार मध्यवर्ती सामुदायिक वन (खण्ड ग) मा गैडाको आक्रमणबाट एक व्यक्ति घाइते भएका छन्।
आज (शनिबार) दिउँसो करिब १२:४० बजेको समयमा बस्ने अन्दाजी ३५ वर्षीय राम दिनेश कुशवार घास काट्न जाने क्रममा गैडाको आक्रमणमा परेर घाइते भएका हुन्।
Advertisement
घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी सुनाचुरी मकवानपुरबाट प्रहरी निरीक्षक शिवजी दासको कमाण्डमा प्रहरी टोली खटिएको थियो। घाइते कुशवारलाई थप उपचारका लागि भरतपुर, चितवनस्थित सरकारी अस्पतालमा पठाइएको छ।
उनको दाहिने खुट्टामा चोट लागेको र अवस्था मध्यम रहेको जनाइएको छ। आक्रमणपछि गैडा वनतर्फ फर्किएको छ। घटनास्थल प्रहरी चौकी सुनाचुरी मकवानपुरबाट करिब २ किलोमिटर दक्षिणतर्फ पर्छ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस







