मकवानपुर जिल्लाको मनहरी गाउँपालिका–६ रुपाचुरीमा चट्याङ लागेर तीन जना घाइते भएका छन्।
आज(शनिबार)दिउँसो करिब २ बजे तिर हावाहुरीसहित पानी परिरहेको बेला मंगल मुक्तान (३८ वर्ष) आफ्नै घर बाहिर बसिरहेका समयमा चट्याङ लाग्दा घाइते भएका हुन्। उनको छातीमा भित्री चोट लागेको छ भने मुखबाट रगत बगेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
Advertisement
साथै, मंगल मुक्तानका १८ वर्षीय छोरा कल्सान मुक्तान पनि चट्याङको असरबाट टाउको दुख्ने समस्यामा परेका छन्।
त्यसैगरी, मंगल मुक्तानकी बहिनी २७ वर्षीया कालिमान बलको पनि छातीमा भित्री चोट लागेको छ र उनको मुखबाट पनि रगत बगेको बताइएको छ।
घाइतेहरूको उपचारका लागि छोरी अनुसा मुक्तानले उनीहरूलाई सरकारी अस्पताल भरतपुरस्थित, चितवनमा लगेको प्रहरीले बताएको छ।
प्रहरी टोली घटनास्थलमा पुगेर थप अनुसन्धान गरिरहेको छ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस







