मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका–४, भुवनसिंहपथस्थित यम बहादुर लामिछानेको घरमा जडान गरिएको खानेपानी धाराको मिटर चोरी भएको छ।
Advertisement
चोरीको मौखिक सूचना प्राप्त भएपछि प्रहरी टोली तत्काल घटनास्थलमा खटिएको थियो। हुलियाका आधारमा खोजतलास गर्दा साँझ करिब ६:३० बजे हेटौंडा उपमहानगरपालिका–२, वनस्खण्डीमा डेरा गरी बस्ने २१ वर्षीय सुरेश कुमाललाई पक्राउ गरिएको छ।
पक्राउ परेका कुमालको साथबाट चोरी भएको धाराको मिटर समेत बरामद गरिएको प्रहरीले जनाएको छ। मकवानपुर जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी कसुरमा सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस







