मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नं. २ स्थित वनस्खण्डी मन्दिरको माथिल्लो जंगलमा भएको जबरजस्ती करणी घटनामा संलग्न रहेको आरोपमा ७ जना किशोरहरू पक्राउ परेका छन्।
Advertisement
पीडित युवतीले माघ २१ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन्। जाहेरीका आधारमा अनुसन्धान थालिएकोमा फागुन २२ गते पाँच जना किशोरहरूलाई विभिन्न स्थानहरूबाट नियन्त्रणमा लिइएको प्रहरी कार्यालयले जनाएको छ।
प्रहरीले मकवानपुर जिल्ला अदालतबाट पाँच दिनको म्याद अनुमति लिई थप अनुसन्धान गरिरहेको छ। साथै, फागुन २३ गते थप दुई जना किशोरहरूलाई पनि नियन्त्रणमा लिइएको छ।
पक्राउ परेका सबै किशोरहरूको उमेर १८ वर्षभन्दा कम भएकोले उनीहरूको नाम, ठेगाना र तस्बिर सार्वजनिक नगरिएको प्रहरीको भनाइ छ।
अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








