मकवानपुरको मनहरी गाउँपालिका-८ स्थित भित्री सडकखण्डमा २ किलो ५३० ग्राम लागुऔषध अफिमजस्तो देखिने पदार्थ सहित एक व्यक्ति पक्राउ परेका छन्।
Advertisement
फागुन २४ गते राति करिब ८:२० बजे इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले शंका लागी ग ६ प ४५८४ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्ने क्रममा मोटरसाइकल चालक ऐ.ऐ. बस्ने ३२ वर्षीय राजकुमार तामाङलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार मोटरसाइकलको लेगाडमा प्लास्टिकभित्र लुकाई ल्याइएको अवस्थामा अफिमजस्तो देखिने पदार्थ फेला परेको थियो। बरामद गरिएको लागुऔषध तथा मोटरसाइकलसहित तामाङलाई नियन्त्रणमा लिइएको छ।
प्रहरीले तामाङविरुद्ध मकवानपुर जिल्ला अदालत हेटौंडाबाट ८ दिनको म्याद अनुमती लिई थप अनुसन्धान अगाडि बढाएको छ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








