काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको गाडी मकवानपुरको इन्द्रसरोवरमा दुर्घटना हुँदा चार जना घाइते भएका छन्।
Advertisement
मकवानपुर प्रहरीले दिएको जानकारीअनुसार, इन्द्रसरोवर गाउँपालिका-३ धाराखोल्छास्थित दक्षिणकाली सडकखण्डमा सोमबार बिहान भारतीय नम्बर युपी ७० एनटी ६९१७ भएको गाडी दुर्घटनामा परेको हो।
प्रहरीका अनुसार, गाडीको ब्रेक फेल भई सडकको बायाँपट्टि ठोक्किँदा दुर्घटना भएको हो। गाडीमा १७ जना सवार थिए, जसमा चार जना घाइते भएका छन्। घाइते चारै जना भारतीय नागरिक भएको र उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस







