मकवानपुर – मकवानपुरको सिस्नेरी, ईन्द्रसरोवर गाउँपालिका-३ स्थित कुलेखानी खोलामा पौडी खेल्ने क्रममा डुबेका तीन बालक गम्भीर अवस्थामा उद्धार गरिएको छ।
Advertisement
सोमबार दिउँसो ४:४५ बजे, पानी जमेको दहमा पौडी खेल्न गएका तीन बालक डुबि बेपत्ता भएको खबर प्राप्त भएलगत्तै इलाका प्रहरी चौकी सिस्नेरीबाट प्रहरी टोली खटिएको थियो। स्थानीयको सहयोगमा खोजीकार्य गर्दै जाँदा ५:३० बजे सुन्दर आचार्यका १५ वर्षीय छोरा सुशान्त आचार्य गम्भीर घाइते अवस्थामा भेटिएका छन्। उनलाई तत्काल उद्धार गरी उपचारका लागि काठमाडौं पठाइएको छ।
त्यसपछि ६:०५ बजे, १४ वर्षीय प्रमेश घोरासैनी र उनका ११ वर्षीय भाई प्रभात घोरासैनी लाई पनि उद्धार गरिएको छ। उनीहरू नमोबुद्ध, काभ्रे घर भएका हुन्। घाइते तीनैजनालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ।
प्रहरीका अनुसार उनीहरूको अवस्था गम्भीर रहेको छ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस







