मकवानपुरको कैलाश गाउँपालिकामा तस्कर समूहले लुटेको प्रहरीले पेस्तोल जंगलमा फेला परेको छ। सोमबार लागूऔषध तस्कर समूहले लुटेको टाइप–५४ मोडेलको पेस्तोल मंगलबार बिहान १० बजे बोल्नेलेकको जंगलमा भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिएका छन्।
Advertisement
ईलाका प्रहरी कार्यालय पालुङबाट खटिएका हवल्दार अर्जुन तामाङ र सहायक हवल्दार गोविन्द्र मंग्राती सोमबार दुम्सीखर्क जंगल गएका बेला तस्कर समूहसँग जम्काभेट भएको थियो। विवादपछि तस्करले हवल्दार तामाङको पेस्तोल लुटेर भागेको बताइएको छ।
प्रहरीका अनुसार, मोटरसाइकलमा २ केजी अफिम बोकेर आएका दुई जनाले थप १० जनाको समूह बोलाएर प्रहरीमाथि आक्रमण गरेका थिए। हालसम्म तस्कर समूहको पहिचान खुल्न सकेको छैन। घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस







