हेटौंडा उपमहानगरपालिका–१४ स्थित कुखरेनी खोलाको किनारदेखि औद्योगिक क्षेत्र उत्तरपानीसम्मको सडक स्तरोन्नति कार्यको शिलान्यास गरिएको छ।

Advertisement
उक्त कार्यको शुक्रबार नगर प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यतामा शिलान्यास गरिएको हो। कार्यक्रममा उपप्रमुख राजेश बानियाँ, वडा नं. १४ का अध्यक्ष दिपक खड्का तथा वडा सदस्यहरूको उपस्थिति रहेको थियो।

सडक निर्माण कार्य १ करोड ९१ लाख ४५ हजार ९३१ रुपैयाँको लागतमा सम्पन्न हुने जनाइएको छ। यस परियोजनाबाट स्थानीयवासीहरूलाई सहज तथा सुरक्षित यातायात सुविधा मिल्ने विश्वास लिइएको प्रमुख लामाले बताइन्।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस







