बागमती प्रदेश सरकारको पहलमा मकवानपुर जिल्लाको शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा रोकथाममा टेवा पुगोस् भन्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय मकवानपुरलाई ३ थान मोटरसाइकल हस्तान्तरण गरिएको छ।

Advertisement
मोटरसाइकल हस्तान्तरण कार्यक्रम बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्री सुरचन्द्र लामिछानेको अध्यक्षतामा भएको थियो भने प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाको प्रमुख आतिथ्यमा भएको छ।
कार्यक्रममा मन्त्रालयका सचिव कृष्ण बहादुर साही, मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्ष विश्व राज खड्का लगायतको उपस्थिति रहेको थियो।
यस कार्यले जिल्लाको सुरक्षा व्यवस्थामा थप सशक्तता ल्याउने विश्वास लिइएको मन्त्री लामिछानेले बताए ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस







