हेटौंडा/ गत शुक्रबार हेटौंडामा जमिनमुनि भासिएर हराएको गाडीको घटनाबारे अध्ययन गर्न गठन गरिएको खानेपानी तथा भूगर्भसम्बन्धी विज्ञ टोली हेटौंडा आइपुगेको छ।
Advertisement
मंगलबार बिहान हेटौंडा पुगेको टोलीले घटनास्थलमा पुगेर प्रारम्भिक अध्ययन सुरु गरिसकेको हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाले जानकारी दिनुभयो। तर, अविरल वर्षाका कारण अध्ययनमा केही अवरोध भएको भूगर्भ विभागका नारायण अधिकारीले जानकारी दिनुभयो।
घटनाको वास्तविक कारण पत्ता लगाउन विज्ञ टोलीले भूगर्भीय संरचना, जमिनको बनावट र पानीको प्रभावबारे विस्तृत अध्ययन गर्ने बताइएको छ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








