मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिका–९ अठारेस्थित भीत्रि सडक खण्डमा सोमबार बिहान सवारी दुर्घटना हुँदा ९ जना घाइते भएका छन्।
प्रहरीका अनुसार खैराङबाट मनहरीतर्फ जाँदै गरेको बा १५ च १३३३ नम्बरको बोलेरो जिप सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको हो। बिहान करिब ८:१५ बजे भएको उक्त दुर्घटनाको खबर पाएपछि ईलाका प्रहरी चौकी कान्द्राङबाट प्रहरी निरीक्षक भरत कुमार खड्काको कमाण्डमा टोली घटनास्थलमा खटिएको थियो।
दुर्घटनामा चालकसहित ९ जना सवार थिए। स्थानीय बासिन्दाको सहयोगमा घाइतेहरूलाई उद्धार गरी तत्कालै उपचारका लागि मनहरी अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
घाइतेहरूको अवस्था निम्नानुसार रहेको छः
१. हिमाल बस्नेत (१६), राक्सिराङ–९, टाउकोमा चोट, अवस्था गम्भीर
२. बुद्धिमान घलान (३५), ऐ.ऐ., टाउकोमा चोट, अवस्था गम्भीर
३. डिल बहादुर घलान (७५), ऐ.ऐ., टाउकोमा चोट, अवस्था गम्भीर
४. फुलमाया घलान (६५–७०), ऐ.ऐ., टाउको र शरीरका विभिन्न भागमा चोट, अवस्था गम्भीर
५. रुप बहादुर राउत (३८), ऐ.ऐ., टाउकोमा चोट, अवस्था गम्भीर
६. दिपक खड्का (४८), ऐ.ऐ., टाउको र शरीरमा चोट, अवस्था गम्भीर
७. सुर्य अधिकारी (५०), ऐ.ऐ., हातमा चोट, अवस्था मध्यम
८. कुमार तामाङ (१४), ऐ.ऐ., टाउकोमा चोट, अवस्था मध्यम
९. सुजन तामाङ (२८), राक्सिराङ–९, हातखुट्टामा सामान्य चोट
घाइतेहरूको उपचार भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।







