हेटौंडा–काठमाडौं जोड्ने कुलेखानी–कलंकी–हुमाने सडक १९ दिनका लागि बन्द हुने भएको छ।
मकवानपुर जिल्ला प्रशासन कार्यालयले मंगलबार एक सूचना जारी गर्दै जेठ २ गतेदेखि २० गतेसम्म (१९ दिन) उक्त सडक खण्डमा सवारी सञ्चालन पूर्ण रूपमा बन्द रहने जानकारी दिएको छ। पूर्वाधार विकास कार्यालय, हेटौंडाको समन्वयमा हाल सो सडकखण्डमा मर्मत तथा स्तरोन्नतिको काम भइरहेको छ।
Advertisement
सडक बन्द रहने अवधिमा हेटौंडा–काठमाडौं यात्रा गर्ने सर्वसाधारण तथा सवारी चालकहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ। प्रशासन कार्यालयले कान्ति लोकपथ वा कुलेखानी–सिस्नेरी–फर्पिङ मार्गको उपयोग गर्न सुझाव दिएको छ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस







