मनहरी — मकवानपुर जिल्लाको मनहरी गाउँपालिका–५ डिल्लिपुर निवासी ३५ वर्षीय विष्णु प्रसाद सापकोटा मृत अवस्थामा फेला परेका छन्।
Advertisement
मिति २०८२ साल वैशाख ३१ गते बिहान करिब ११:०० बजे घरबाट कसैलाई नबताई निस्किएका सापकोटा सम्पर्कविहीन भएपछि आफन्तहरूले खोजतलास गर्दै आएका थिए। खोजतलासकै क्रममा आज जेठ ५ गते दिउँसो करिब २:२५ बजे मनहरी गाउँपालिका–५ को कोइराला डाँडास्थित थलि जंगलमा उनको शव फेला परेको हो।
शव फेला परेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी टोली घटनास्थलमा पुगेर सुरक्षात्मक व्यवस्था मिलाउनुका साथै प्रारम्भिक अनुसन्धानका कामहरु अगाडि बढाएको छ।
अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक बिरेन्द्र रायमाझीको नेतृत्वमा टोली परिचालन गरिएको प्रहरीले जनाएको छ।
घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाइएको छ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








