हेटौडा/लागूऔषध ONEREX–100ML को १३१ बोतलसहित एक युवक पक्राउ परेका छन्।
Advertisement
थाहा नगरपालिका–११ स्थायी घर भई हेटौंडा उपमहानगरपालिका–१० स्थित बसपार्कमा डेरा गरी बस्ने २७ वर्षीय विकास तामाङलाई विशेष सूचनाको आधारमा मकवानपुर जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो।
प्रहरी टोलीले तामाङको डेरा कोठामा खानतलासी गर्दा दराज भित्र रहेको जेब्रा झोलामा लुकाई राखिएको अवस्थामा लागूऔषध फेला पारेको थियो। पक्राउ परेका तामाङविरुद्ध लागूऔषध सम्बन्धी मुद्दामा मकवानपुर जिल्ला अदालतबाट ५ दिनको म्याद लिई थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








