गणतन्त्र दिवसको अवसरमा बागमती प्रदेश सरकारले प्रदेश सभा सदस्यहरूका लागि विशेष स्वास्थ्य परीक्षण कार्यक्रम आयोजना गरेको छ।
Advertisement
बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको आयोजनामा भएको कार्यक्रममा स्वास्थ्य मन्त्री किरण थापा सहित करिब ७० जना सांसदहरूले सहभागी भई नसर्ने रोगसम्बन्धी परीक्षण गराएका छन्।
स्वास्थ्य मन्त्री थापाका अनुसार, कार्यक्रममा सांसदहरूको स्वास्थ्य अवस्था पहिचान गर्नुका साथै उनीहरूलाई स्वास्थ्यप्रति सचेत बनाउने उद्देश्य राखिएको हो। मन्त्री थापाले जनप्रतिनिधिहरूको स्वास्थ्य राम्रो हुँदा नीति निर्माण र कार्यान्वयनमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रम सफल रूपमा सम्पन्न भएको र भविष्यमा यस्ता कार्यक्रमलाई थप व्यवस्थित ढंगले निरन्तरता दिने तयारी भइरहेको मन्त्रालयले जनाएको छ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस





