हेटौंडा/ लगातारको वर्षाका कारण बागमती नदीमा पानीको सतह उच्च बनेपछि दुईवटा सवारीसाधन प्रभावित भएका छन्।
Advertisement
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार, काठमाडौंतर्फ सामान लिएर जाँदै गरेको ना ३ ख ९१९६ नम्बरको मालबाहक ट्रक बागमती नदी छेउमा पार्किङ गरिएको अवस्थामा एक्कासी आएको बाढीले नदीमै फसाएको छ।
त्यसैगरी, बाराको अमलेखगञ्जबाट डिजेल लिएर काठमाडौं जाँदै गरेको प्रदेश २–०३–००१ क २०३१ नम्बरको ट्याङ्कर पुल नजिकै चिप्लिएर खोलामा खस्दा नदीले बगाएको प्रहरीले जनाएको छ। ट्याङ्करका चालकले हामफालेर ज्यान जोगाएका छन्।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस







