मकवानपुरको बागमती गाउँपालिका–७, पाथीभरा स्थित चौरा आधारभूत विद्यालयका शिक्षक दिनेश दर्लामीमाथि कक्षामै अध्यापनरत अवस्थामा भएको कुटपिटको घटनाको विभिन्न शिक्षक तथा विद्यार्थी संगठनहरूले कडा विरोध जनाएका छन्।
Advertisement
आइतबार विद्यालयको कक्षा कोठामै भइरहेको अध्यापनक्रममा भएको यस साङ्घातिक घटनालाई निन्दनीय भन्दै नेपाल शिक्षक संघ, मकवानपुर, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) लगायतका संघसंस्थाहरूले संयुक्त रूपमा विरोध जनाएका हुन्।
उनीहरूले घटनामा संलग्न व्यक्तिलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न माग गर्दै, शैक्षिक वातावरणमा हुने यसप्रकारको हिंसाले सम्पूर्ण शिक्षक समुदाय त्रसित भएको बताएका छन्।
संगठनहरूले कक्षा कोठा जस्तो संवेदनशील शिक्षणस्थलमा यस प्रकारको आक्रमण सह्य नहुने स्पष्ट पारेका छन्।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस





