उत्तराखण्डको गौरीकुण्डमा आज बिहान भएको हेलिकप्टर दुर्घटनामा पाइलटसहित ७ जनाको ज्यान गएको छ। प्रारम्भिक जानकारीअनुसार आर्यन कम्पनीको हेलिकप्टरले बिहान करिब ५:१७ बजे केदारनाथ हेलिप्याडबाट उडान भरेको थियो।
Advertisement
खराब मौसमका कारण हेलिकप्टरको अन्य स्थानमा ‘हार्ड ल्याण्डिङ’ भएको बताइएको छ। दुर्घटनामा मृत्यु हुनेहरूमा पाइलट राजवीर, विक्रम रावत, विनोद, तृष्टी सिंह, राजकुमार, श्रद्धा र १० वर्षीया बालिका राशी रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








