राक्सिराङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ६३ करोड ५२ लाख ३१ हजार २८९ रुपैयाँको अनुमानित बजेटसहित नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको छ।
मंगलबार बसेको १८औं गाउँसभामा गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले संघीय र प्रदेश सरकारको अनुदान तथा आन्तरिक स्रोतमार्फत प्राप्त रकमलाई समन्यायिक र समावेशी विकासमा केन्द्रित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
त्यस्तै गाउँपालिकाको गाउँसभामा उपाध्यक्ष बनस्तम थिङले गाउँ कार्यपालिकाको तर्फबाट बजेट वक्तव्य प्रस्तुत गर्नुभयो।
बजेट स्रोत विवरणअनुसार संघीय सरकारबाट ४३ करोड ८९ लाख ७८ हजार ४७२ रुपैयाँ, प्रदेश सरकारबाट १० करोड ५८ लाख २२ हजार ८१७ रुपैयाँ तथा आन्तरिक स्रोतबाट ९ करोड ४ लाख ३० हजार रुपैयाँ प्राप्त हुने उल्लेख गरिएको छ।
जारी गरिएको कुल बजेटमध्ये ४८ करोड ५३ लाख ५४ हजार १५५ रुपैयाँ चालु खर्चका लागि र १४ करोड ९८ लाख ७७ हजार १३४ रुपैयाँ पुँजीगत खर्चका लागि विनियोजन गरिएको छ।
नीति तथा कार्यक्रममा पूर्वाधार विकास, कृषि आधुनिकीकरण, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा विस्तार, रोजगारी सिर्जना तथा सुशासनलाई प्राथमिकता दिइएको छ।
सभामा अध्यक्ष मल्लले स्रोतको अधिकतम उपयोग गर्दै समावेशी र न्यायसंगत विकासमा राक्सिराङलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।







