मकवानपुरको राक्सिराङ गाउँपालिका–८ मेशिराङमा चट्याङ लागेर एक बालिकाको ज्यान गएको छ भने उनकी आमा घाइते भएकी छन्।
Advertisement
गएराति वर्षासँगै परेको चट्याङले आफ्नै घरमा बसेका बेला ७ वर्षीया युनिका प्रजाको ज्यान गएको हो। चट्याङ लागेर उनकी आमा २७ वर्षीया रविना प्रजा घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।
चट्याङ लागेपछि गम्भीर घाइते आमा–छोरीलाई उपचारका लागि मनहरी अस्पताल लगिएको थियो। उपचारका क्रममा युनिकाको ज्यान गएको हो भने उनकी आमाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस







