बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले हेटौंडा अस्पतालसहित प्रदेशका विभिन्न अस्पतालमा १६ वटा डायलासिस मेसिन जडान गरेको छ।
मिर्गौलाका बिरामीले सरकारी अस्पतालमा चापका कारण निजी अस्पतालमा प्रतिपटक करिब २,५०० रुपैयाँ तिरेर सेवा लिनुपर्ने अवस्थालाई कम गर्न मन्त्रालयले मातहतका प्रादेशिक अस्पतालहरूमा डायलासिस सेवा विस्तार गरेको हो।
Advertisement
स्वास्थ्यमन्त्री किरण थापाका अनुसार मन्त्रालयले भक्तपुर अस्पतालमा ५, धादिङ र सिन्धुली अस्पतालमा २–२, त्रिशूली अस्पतालमा २, बकुलहर रत्ननगर अस्पतालमा २ र हेटौंडा अस्पतालमा ३ वटा डायलासिस मेसिन जडान गरेको छ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस







